त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखियो बुद्ध मुर्ति

डिसी नेपाल
१९ पुष २०७६ १७:२०

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ। सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरिएको हो। भ्रमण वर्षको प्रवद्र्धन र पर्यटकलाई बुद्धको देश भनेर चिनाउन पनि यसले सघाउ पुर्याउने छ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले मुर्तिको अनावरण गरे। भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक एयरपोर्ट बनाई नेपालको संस्कृति, र मौलिकता झल्कने खालका विभिन्न वस्तुहरु विमानस्थलमा राखिएका छन् । सोही अनुसार नै एयरपोर्टमा जहाजबाट झरेपछि बाहिर निस्कने बाटोमा देखिनेगरी बुद्धको मुर्ति स्थापित गरिएको मन्त्री भट्टराईले जानकारी दिए।

मन्त्री भट्टराईका अनुसार बुद्धको मुर्ति निर्माण गर्न ७० लाख रुपैयाँ लागत लागेको छ भने करिब २४ लाख रुपैयाँ बराबरको सुनको जलप लगाइएको छ। मुर्ति ललितपुर पाटनका मिर शाक्यले निर्माण गरेका हुन्। विमानस्थलमा मुर्ति स्थापनापछि बुद्धको देश नेपालमा आइयो भन्ने अनुभुति हुने र यसले छुट्टै किसमको आनन्द अनुभुति हुने समेत उनले बताए। पर्यटनकहरुले बुद्धसँगै बसेर फोटो लिन सक्ने भएकाले भ्रमण वर्ष २०२०को प्रवद्र्धनमा पनि यसले सहयोग पुर्याउने उनले बताए।

एक वर्ष अघिदेखि बुटिक एयरपोर्टको काम शुरु भएको थियो। एयरपोर्टमा एकसिंगे गैंडा, रेडपाण्डा, गणेश, मयुर, डाँफे लगायतका मुर्तिहरु राखिएका छन्। अझै पनि बुटिक एयरपोर्टको निर्माणका काम सम्पन्न भइनसकेको नागरिक उडड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलले जानकारी दिए। उनले अझै नेपाली कलात्मक तथा मौलिकता झल्कने खालका कामहरु गर्न बाँकि रहेको बताए।

विमानस्थलको सुन्दरता बढ्ने मात्र नभई भगवान बुद्धको जन्मस्थलको बारेमा फैलाइएको विभिन्न भ्रमहरुलाई चिर्दै बुद्धको जन्म नेपालमा भएको हो भन्ने सन्देश पनि दिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *