पार्टीले दिएको जिम्मेवारी विना शर्त पुरा गर्छु : नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
२० पुष २०७६ १७:०९

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले आवश्यकता देखेर आफुलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको बताएका छन् । उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय कास्की पुगेका श्रेष्ठले यस्तो बताएका हुन् ।

आफुले कहिलै पनि संसदको सदस्य नहुने वा राष्ट्रियसभामा नजाने भनेर नभएको बताउँदै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी विना शर्त पुरा गर्ने बताए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयबाट दुईजना (बामदेव गौतम र नारायणकाजी श्रेष्ठ) राष्ट्रियसभामा जानुपर्छ भन्ने प्रस्ताव गरेपछि मात्रै आफुले थाहा पाएको उनको भनाई थियो ।

श्रेष्ठलाई नेकपाले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्ेमदवार बनाएको थियो । २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेका श्रेष्ठ डाक्टर बाबुराम भट्टराईसँग पराजित भएका थिए । नेकपाकै उम्मेदवार भगवती न्यौपानेलेपनि उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *