जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग

डिसी नेपाल
२१ पुष २०७६ ८:२०

विराटनगर । राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औल्याइएको छ।

‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिएका थिए।

जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ । कार्यक्रमम जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधन स्रोतको समुचित बाँडफाँटमा यसले सहयोग पुर्यायाउने चर्चागर्दै गणना पूर्वअभ्यास गर्नुपर्नेमा जोड दिए ।

कार्यालयका प्रमुख अशोकुमार भट्टराईले विदेशमा बस्नेको अनलाइन सूचना सङ्कलनका गर्नुका साथैसाथै ट्याबको प्रयोग गरी सही र विश्वासिलो गणना गर्ने विश्वास दिलाए । मोरङ जिल्लामा एक हजार ५०० गणकले जनगणना सङ्कलन गर्ने छन्।

तीन सय पिण्ट रगत सङ्कलन

रगतको अभावलाई ध्यानमा राखी मारवाडी युवाले युवा दिवसको उपलक्ष्यमा ३०० युनिट रगत सङ्कलन गरेको छन् ।

नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनले आफ्नो नवौँ राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन गरेको जानकारी दिइयो।

सङ्ंगठनको पुस ३ गतेदेखि सप्ताहव्यापी मनाउने दिवसको उपलक्ष्यमा नेपालभरि चार क्षेत्र र २४ मञ्चशाखाद्वारा गरिबगुरुवालाई ४०० कम्बल, ४०० क्विण्टल खाद्यान्न फलफूल, एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षरोपणलगायतका कार्य गरेको महासचिव मनोज अग्रवालले बताए ।

सङ्गठनले विराटनगर, इटहरी, रङ्गेली, इनरुवा, धरान, दुहवी, दमक, धुलाबारी, विर्तामोड, जनकपुर, हनुमान नगर, राजविराज, कलैया, लहान, नारायणघाट हेटौँडा, पोखरा, भैरहवा, नेपालगञ्ज, बुटवल, धनगढी र परासीमामा न्यानो लुगा वितरण, खाजा व्यवस्था, खाद्यान्नलगायतका सामाजिक कार्य गरेको कार्यक्रम संयोजक सन्दीप लालवानीले जानकारी दिए ।

यसैगरी भ्रमण वर्ष २०२० को सम्बन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तलाई धार्मिक, प्राकृति, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचारप्रसार गरिएको सचिव सुनिल विडलाले जनाए ।

माघ १ गतेबाट ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *