माघ १ गतेबाट ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना

डिसी नेपाल
३ कार्तिक २०७६ १५:४३

काठमाडौं। ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ।  केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो।

सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको पनि विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

सो नमूना जनगणनाका लागि सुरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ। सुपरीवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि विभागका निर्देशक लामिछानेले बताए।

यस अघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने जनाएको छ।

सबै प्रदेशको २/२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ। विभागले सो नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान गरेको छ। पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मूल नारा पनि सार्वजनिक गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *