काराभेली सहरमा बस दुर्घटना, १६ जनाको मृत्यु

डिसी नेपाल
२२ पुष २०७६ १२:०६

एजेन्सी । पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ।

सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।

पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको क्षेत्रीय स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डेम्बर मोनोज लोजाडाले जानकारी दिए ।

स्थानीय समयानुसार राती १२ः४१ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्।

लिमादेखि अरक्वीपातर्फ जादै गरेको बेला बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य सवारी साधन पनि परेका थिए।

प्रमुख लोजाडाका अनुसार दुई जना गम्भीर घाइते भएका र उनीहरुको स्थानीय नाजका अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुलाई उच्च सतर्कताका साथ उपचार गराइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *