विपिन कार्की अभिनित ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक
काठमाडौं। विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ।
फिल्म युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो। आफूलाई ‘सेल्फी किङ’ सम्झने एक चर्चित टेलिभजन हाँस्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र ब्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा निर्माण गरिएको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्।
निर्देशक सापकोटाका अनुसार चर्चामा आएको एक टेलिभिजन कमेडियनको तीन दिनको कथा नै फिल्मको मुख्य कथा हो। गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन्। फिल्मका निर्माता दिनेश पर्दामा हँसाइरहने कमेडीयनको जीवन आम मानिसले सोँचेजस्तो नहुन पनि सक्छ भन्ने यथार्थलाई ‘सेल्फी किङ’मा देखाईएको बताउँछन्।
फिल्ममा विपिनले लक्ष्मी वर्देवासंग जोडी बाँधेका छन्। साथमा अभय बराल, लोकमणी सापकोटा, भुवन चन्द, सविन बाँस्तोला, जीवन भट्टराई लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा विपिनले आफ्नो वास्तविक जीवनसँग फिल्मको कथा केही हद्सम्म मेल खाने बताए। त्यस्तै लक्ष्मी वर्देवा, भुवन चन्द लगायतले सम्पूर्ण टिमको मेहनतले एउटा राम्रो फिल्म बनेको बताए।
फिल्ममा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिका निर्वाह गरेकी छिन्। फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ।
‘सेल्फी किङ’ आउँदो माघ २४ गतेदेखि प्रदर्शनमा आउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment