कुलपति डा. गंगा प्रसाद उप्रेती अमेरिकामा अभिनन्दित

डिसी नेपाल
२३ पुष २०७६ ३:३५

डिसीनेपाल, क्यालिफोर्निया प्रतिनिधि

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति, साहित्यकार तथा प्रकाण्ड विद्वान डा गङ्गाप्रसाद उप्रेतीलाई अमेरिकाको क्यालिफोर्नियामा एक सुमधूर समारोहका विच नागरिक अभिनन्दन गरिएको छ। हाल अमेरिकाको नीजी भ्रमणमा रह्नु भएका उप्रेतीलाई नेपाली भाषा, साहित्य, कला र साँस्कृतिक फाँटमा प्रतिष्ठानको दुई कार्य काल सम्म अमुल्य योगदान पुर्याएको र नेपाली साहित्यलाई विस्वव्यापीकरण गर्न तर्फ महत्वपूर्ण पाइला चाले वापत अभिनन्दन गरिएको हो। ५ जनवरी २०२० मा क्यालिफोर्नियाको रिच्मण्ड सहरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) क्यालिफोर्निया च्याप्टर तथा र नेपाल एसोसियसन फर ग्लोवल कोपरेसन (NAGC) क्यालिफोर्नियाको संयुक्त आयोजनामा गरिएको सो समारोहमा बिभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुको महत्वपूर्ण उपस्थिती थियो।

कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको सम्मानमा सो नागरिक अभिनन्दन समारोहको अवसरमा एक रोचक साहित्यिक कार्यक्रम समेत गरियो। सो अवसरमा कूलपती गङ्गा प्रसाद उप्रेती, अनेसास क्यालिफोर्नियाका अध्यक्ष सर्वग्य वाग्ले, अनेसास कै पूर्व अध्यक्ष ध्रुव थापा, नेपाल असोसियसन फर ग्लोबल कोअपरेशनका संस्थापक अधक्ष मणी नेपाली पनेरु, डा टिका लम्साल, तुलसीप्रसाद उप्रेती, विनोद पौडेलले कविता वाचन गर्नु भएको थियो। त्यसै गरी एन आर एन एन सि सि अमेरिका कि महिला को अर्डिनेटर तथा कवयत्री दिक्षा वस्नेत, कवयत्री रिता देवी प्रधान, गीता बज्गाइँ अधिकारीले पनि रोचक कविता वाचन गर्नु भएको थियो। नेपाल एसोसियसन फर ग्लोवल कोपरेसनका अघ्यक्ष मणी नेपाली पनेरू तथा अनेसास क्यालिफोर्नियाका अध्यक्ष सर्वज्ञ बाग्लेको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ग्लोवल कोअपरेसनकी संरक्षक, एन आर एन अमेरिका, राष्ट्रिय महिला समिती कि को-चिअर तथा महिला अभियन्ता हेमा पनेरूबाट स्वागत मन्तव्य व्यक्त गरिएको सो कार्यक्रमको उद्घोषण संचारकर्मी एबम् कवि ध्रुव थापाले गरेका थिए ।

कार्यक्रममा अमेरिका भ्रमणमा रहेका नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र बिभागका सदस्य तुलसीप्रसाद उप्रेती एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल, नेपाली जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरका कार्यवाहक सभापति नारायण खनाल, एन आर एन ए क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण चन्द्र बानिया एन ए एन सि का उपाधक्ष प्रेम परीयार, समाजसेवी प्रतिक्षा उप्रेती रियल्टर अनिल अर्याल लगायत मह्त्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती थियो। कविता बाचन कार्यक्रमपछि कुलपति उप्रेतीको नागरिक अभिनन्दनसहित सम्मान गरिएको थियो। सो अभिनन्दन पत्र डा टिका लम्सालले पाठ गर्नु भएको सो अभिनन्दन पत्रमा कुलपती उप्रेतीको अविस्मरणिय योगदानहरु बारे प्रकाश पारीएको छ। सम्मान ग्रहणपछि कुलपति उप्रेतीले नेपालबाहिर रहेर नेपाली भाषा,साहित्य र संस्कृतिको प्रवर्धनमा अनेसास लगायतका संस्थालले पुर्याएको योगदानको सराहना गर्दै पनेरू र बाग्लेलगायतका उत्तर क्यालिफोर्नियाका विभिन्न ठाउँबाट कर्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञ्यापन गर्नुभयो। समृध्दिको यात्रामा अघि बढ्दै गरेको नेपाललाई सहयोग पुग्ने गरी हरतरहका गतिबिधि बढाउन अनुरोध गर्दै चालू वर्ष २०२० लाई नेपाल भमण वर्षको रूपमा सम्पन्न गर्न सकेसम्म धेरै पर्यटकलाई नेपाल भ्रमणमा पठाउन प्रेरित गर्न अनुरोध गर्नुभयो। कुलपति उप्रेतीको सम्बोधन पछि सभापति सर्वज्ञ बाग्लेले आफ्नो मन्तव्य सहित सभा विसर्जन गर्नुभयो। त्यसपछि दोहोरी गीत सहित रमाइलो रात्री भोजमा सहभागी भई कार्यक्रम सकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *