अष्ट्रेलियामा १० हजार उँटलाई गोली ठोकेर मारिँदै

डिसी नेपाल
२३ पुष २०७६ १३:१६
16
Shares

काठमाडौँ । अष्ट्रेलियामा पानीको हाहाकार हुन थालेपनि सरकारले १० हजार उँटलाई गोली हानेर मार्ने भएको छ ।

पछिल्लो समय अष्ट्रेलियामा फैलिएको खतरनाक आगलागी र त्यसबाट उत्पन्न सुख्खा मौसमका कारण पानीको हाहाकार मच्चिएपछि ५ दिन लगाएर १० हजार उँटलाई गोली ठोकेर मार्न लागिएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

पानीको हाहाकार हुँदा ऊँटहरुले धेरै पानी पिउन थालेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए।

आज (बुधबार) बाट उँट मार्न सुरु हुने छ। दक्षिण अष्ट्रेलियाको सुदूरपश्चिमको दुर्गम, अत्यधिक जनसंख्या भएको पश्चिमी क्षेत्रका आदिवासी जनतालाई दुःख दिन थालेपछि उँट मार्ने योजना भएको हो।

जनसंख्यालाई नियन्त्रण गर्न अष्ट्रेलियामा उँट मार्ने चलन पहिले देखि रहिआएको छ।

अष्ट्रेलियामा१९ औँ शताब्दीमा भारत र अफगानिस्तानबाट भित्राएका उँटको संख्या हाल बढेर १० लाख २० हजार हाराहारीमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *