ट्रम्पले सुलेमानीलाई किन भने राक्षस?

डिसी नेपाल
२३ पुष २०७६ ८:००

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आक्रमणमा मारिएका इरानी कमाण्डर जनरल कासिम सुलेमानीलाई राक्षसको संज्ञा दिँदै अमेरिकाले सुलेमानीलाई मारेर निर्दोष मानिसको ज्यान बनाएको दाबी गरेका छन्।

ट्रम्पले भने–उ एउटा राक्षस थियो, र मारियो। उ हाम्रो विरुद्ध एउटा ठूलो र नराम्रो आक्रमण गर्ने तयारी गरिरहेको थियो। मलाइ के लाग्छ भने या विषयमा कसैले दुख मान्दैनन्।’ साथै उनले इराबाट अमेरिकी सैनिक फिर्ता भए त्यसको सबैभन्दा बढी घाटा इराकलाई हुने बताए।

उता इराकमा प्रधानमन्त्री आदिल अब्दुल महदीले इराकबाट विदेशी सैनिक फिर्ता गर्दा इराक एक सम्भावित युद्धबाट बच्न सक्ने बताएका छन्।
प्रधानमन्त्री महदीका अनुसार तनाव कम गर्नका लागि यो एउटा मात्रै बाटो हो।

उनले अमेरिकी सैनिक फिर्ता गर्ने जानकारी प्रधानमन्त्री महदीलाई प्राप्त भएको थियो, तर फेरि केही घण्टापछि अमेरिकाले यो निर्णयबाट आफू पछि हटेको जानकारी गराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *