मेडिकल कलेजको सम्बन्धनका लागि घुस मागेको प्रसाइँको आरोप, आरोप निराधारः गिरी

डिसी नेपाल
२३ पुष २०७६ १७:४८

काठमाडौं। बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाइले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफुसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाए।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफुले घुस मागेको आरोपको पुष्ट्याँई गर्न चुनौति दिएका छन्।
उनले आफुमाथि लगाएको आरोप समाचार माध्यममा आउँदा आश्चार्यमा परेको बताउँदै कपोलकल्पित आरोप लगाइएको बताउनुभयो । आयोगका उपाध्यक्ष गिरीले आफु १५ मंसिरमा द्वारिकाज होटलमा नगएको र प्रसाइसँग भेट नभएको बताउँदै आरोप पुष्टि गर्न चेतावनी समेत दिए।

प्रसाइँले मंसिर १५ गते मेडिकल कलेको सम्बन्धनका लागि निवेदन दिएपछि द्वारीकाज होटलमा बोलाई २० करोड रुपैयाँ घुष माग गरेको आरोप लगाए। उनले उक्त रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसम्म पुग्ने भएकाले मेडिकल कलेको सम्बन्धन २० करोड रुपैयाँ पाएमात्र दिने प्रस्ताव गरेको आरोप लगाए।

निर्देशक प्रसाइँले उक्त रकम दिन नसक्ने बताएपछि आयोगका उपाध्यक्ष गिरीले आफ्ना सम्धीको नाममा १० प्रतिशत शेयर पास गरिदिन भनेको समेत बताए।

चिकित्सा शिक्षा ऐन आइसकेपछि बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज सञ्चालन सम्बन्धनको प्रकृया अगाडि बढाउन दिइएको निवेदन कार्यकारी उपाध्यक्षकै कारण दर्ता हुन नसकेको बताए। उनले आफुलाई मेडिकल माफियाको रुपमा प्रचार गरिएको भन्दै अव वास्तविक माफिया देखाउन आफु तयार रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *