‘यसकारण म सगरमाथाको चुचुरोमा पुग्न सकें’

डिसी नेपाल
२४ पुष २०७६ ६:५०

रियाद, साउदी अरब । उनी साउदी अरबका लागि नेपाली राजदुतावासको निम्तामा नेपाल भ्रमण बर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागी हुन आएकी थिइन्।

जव उनलाई केही बोलिदिन राजदूताबासका तर्फबाट अनुरोध गरियो तव उनले भनिन्—मलाई नेपालको प्रकृति अत्यन्त प्यारो लाग्यो । नेपाल र नेपालीको विविधता झन् लोभ्याउने खालको । बोल्दै जांदा भावुक बन्दै गएकी उनले मनको मुख्य कुरा पोखिन्—म फेरि नेपाल जान चाहन्छु ।, एकपटक होइन, दुईपटक, तीनपटक र पटक पटक।

साउदी अरबको रियादमा निकै चर्चित बनेकी त्यहांकी सेलिब्रेटी नेली अत्तारको यो अन्तरहृदयको कुराले कार्यक्रममा उपस्थित साउदी अरबका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु निकै उत्सुक देखिए।

उनी बोल्दै गइन्ने-पालीहरुको सहृदयता विर्सिनसक्नुको छ । म विर्सन सक्दिनँ । लेबननी नागरिक भएपनि रियादमै बसोबास गर्दै आफूलाई सेलिब्रेटी बनाइसकेकी नेली विर्सिनसक्नुको गुण नेपालको सगरमाथाले र त्यहांको यात्राका क्रममा भेटिएका नेपालीहरुले लगाएको कुरा उनले खुलेरै बताए।

अरब क्षेत्रबाट संभवत पहिलोपल्ट सगरमाथाको चुचुरो चुम्ने ताज पाएकी छिन् नेलीले । सन् २०१९ को मे महिनामा सफल आरोहण गरेर आफूलाई विश्वमा चिनाउन सफल भएकी उनले सगरमाथा आरोहण सफल हुन नेपाली जनताले गरेको माया र सद्भाव तथा सहृदयी व्यवहारले ठूलो योगदान रहेका बताइन्।

‘यदि नेपाल र नेपालीको यस्तो माया र सद्भाव नपाएकी भए त्यो चुचुरोलाई चुम्ने रहर मेरो त्यसै रहरमै सिमित हुने थियो । म नेपाल र नेपालीको सहयोग र आतिथ्यताबाट अत्यन्त प्रभावित भएकी छु।’

नेपाल भ्रमणबर्ष २०२० को औपचारिक शुभारम्भ गर्दै साउदी अरबस्थित नेपाली दुतावासले पुस २२ गते मंगलबार रियादमा आयोजित कार्यक्रममा नेलीसंगै सगरमाथा आरोहण गरेका अर्का सफल आरोही साउद अल इदी पनि नेपालको सगरमाथाले आफूहरुलाई लोभ्याएको सन्देश सहभागीहरुलाई दिंदै थिए।

यी दुबै आरोहीहरुलाई सगरमाथाको चुचुरो पुग्न सफल भएकोमा नेपाली दुतावासले सम्मान पनि गरेको थियो । दुई आरोहीका धारणाले नेपाल भ्रमणका निम्ति साउदी अरबका युवालाई प्रोत्साहित गर्ने विश्वास आफूहरुले लिएको साउदी अरबका लागि नेपाली राजदुत प्रा.डा.महेन्द्रसिंह राजपुतले डिसी नेपाललाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *