फिल्ममा प्रियंका कार्कीको व्यस्तता किन घट्यो ?

डिसी नेपाल
२४ पुष २०७६ १५:३४

काठमाडौं। केही वर्ष अघिसम्म फिल्ममा प्रियंका कार्कीको ब्यस्तता साँच्चिकै लोभलाग्दो थियो। उनलाई फिल्ममा लिन निर्माता/निर्देशक मरिहत्ते गर्थै। उनी अभिनित फिल्म लगातार सिनेमाघरमा लाग्थे।

अहिले न उनका फिल्म प्रदर्शनमा आएका छन्, न उनी नयाँ फिल्ममा अनुबन्धित भएको खबर नै सार्वजनिक भएका छन्।

‘प्रेम दिवस’पछि उनको नयाँ फिल्म प्रदर्शनमा आएका छैनन्। उनको एउटा मात्र फिल्म प्रदर्शनको तयारीमा छ। त्यो, फिल्म हो –लक्का जवान। यो फिल्म चैतको २१ गतेदेखि प्रदर्शनमा आउँदैछ।

प्रियंका फ्याटफुट्ट म्युजिक भिडियोमा पनि देखिँदै आएकी छिन्। केही वर्ष अगाडी नम्बर वान अभिनेत्री मानिएकी प्रियंकाको व्यस्तता फिल्ममा एकाएक किन घट्यो होला? त्यो भने साँच्चिकै सोँचनीय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *