‘तिम्रो घरको वरिपरी’को लोकप्रियतापछि ‘दुःखको काँडा’ सार्वजनिक [भिडियो]
काठमाडौं। पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरिएको छ।
‘तिम्रो घरको वरिपरी’बोलको गीतको लोकप्रियतासँगै निर्माण पक्षले बिहीबार यो गीत सार्वजनिक गरेको हो। देवल भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको ‘दुःखको काँडा’मा सनिष श्रेष्ठले स्वर दिएका छन्। रामजी लामिछानेको कोरियोग्रााफी रहेको भिडियोमा पल र पूजा फिचर्ड छन्। गीतको अडियो र भिडियो दुबै बलियो छ।
लभस्टोरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन र पूजा शर्माले निर्माण गरेका हुन्।
चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन्। सुदर्शन थापाको कथा रहेको चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले तयार पारेका हुन्।
चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। सौरभ लामाको छायाँकन रहेको चलचित्र सम्पादनको जिम्मा बनिश शाह र मिलन श्रेष्ठले लिएका छन्।
सांगीतिक प्रेम कथामा बनेको चलचित्र फागुनको २३ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment