४३ औं जन्मदिनमा बल्ल पूरा हुने भयो पपस्टार शकिराको बाल्यकालको सपना

डिसी नेपाल
२६ पुष २०७६ ११:२०

एजेन्सी। कोलम्बियन पपस्टार शकिरा २ फेब्रुअरीमा आफ्नो ४३ औं जन्मदिन मनाउँदैछिन् । उनको यो जन्मदिनमा उनको बाल्यकालको सपना पूरा हुने भएको छ । शकिराले फ्लोरिडाको मियामीस्थित हार्ड रक स्टेडियममा जेनिफर लोपेजसँग स्टेज शेयर गर्दैछिन् । सुपर बाउल हाफ टाइम शोमा प्रस्तुती दिने उनको बाल्यकालको सपना थियो ।

२०२० सुपर बाउल शोको लागि शकिरा र जेनिफरले जनवरीको अन्तिम दिनदेखि रिहर्सल सुरु गर्नेछन् । शाकिराले यो कार्यक्रमको लागि २५ दिन बाँकी भएको एक पोस्ट शेयर गरेकी छिन् । जेनिफरले इन्टरटेनमेन्ट टुनाइटलाई दिएको अन्तरवार्तामा सुपर बाउलमा विशेष देख्न पाइने बताएकी थिइन् । सुपर बाउल राष्ट्रिय फुटबल च्याम्पियनशिपको एक वार्षिक कार्यक्रम हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *