क्यासिनोले रक्सी खुवाएर आफूलाई उक्साएको भन्दै जुवाडेले हाले मुद्दा
काठमाडौं। क्यानडामा एक जना जुवाडेले क्यासिनोविरुद्ध मुद्दा हालेका छन् । उनले क्यासिनोले आफूलाई रोक्न असफल भएको बरु रक्सी खुवाएर आफूलाई ठूलो बाजी राख्न उक्साएको आरोप लगाएका छन् । फक्स न्यूजको समाचार अनुसार तरविन्दर सोकर नामका ती व्यक्तिले क्यासिनोमा २ लाख ६० हजार डलर हारेका थिए ।
तरविन्दरले क्यासिनोले आफूलाई त्यसरी बाजी राख्न दिन नहुने र आफ्नो रक्सी पिउने बानीका कारण आफूलाई प्रतिबन्ध लगाइनुपर्ने दावी गरेका छन् । २०१३ को अक्टोबरमा २ पटक क्यानडा गएका उनले ओन्टारियोको सिजर्स क्यासिनोमा यो रकम हारेका थिए । तार्विन्दर कुख्यात जुवाडे हुन् । अहिले ओन्टारियोमा भएका सबै क्यासिनोले उनलाई प्रवेश निषेध गरेका छन् ।
उनले सिजर्स विन्डसोरसँग ५ लाख डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका छन् ।क्यासिनोले भने एक विज्ञप्ति निकाल्दै तार्विन्दरको नोक्सानीका लागि उनी नै जिम्मेवार भएको बताएको छ । ‘क्यासिनोका कर्मचारीलाई उनी जुवाको दुव्र्यसनी भएको थाहा थिएन,’ विज्ञप्तिमा भनिएको छ, ’उनको पृष्ठभूमि थाहा पाएको भए क्यासिनोले उनलाई खेल्न दिँदैनथ्यो ।’ मुद्दाको फैसला आउँदो डिसेम्बरतिर हुने तार्विन्दरका वकिल म्याककिनोनले बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment