भिख माग्ने युवक करोडपति निस्किए, २ वर्षपछि घरको नम्बर सम्झिएपछि पहिचान भयो

डिसी नेपाल
२७ पुष २०७६ ९:५३

हरियाणा। हरियाणाको अम्बाला केन्टमा पुरानो अनाज मण्डीको मन्दिर बाहिर दुई वर्षदेखि भिख मागिरहेका युवक करोडपति भएको पाइएको छ । दुई बहिनीका एक्ला दाजु आजमगढका निवासी भएको खुलेको छ । उनको वास्तविक नाम धनंजय ठाकुर हो तर मण्डी आउने जाने स्थानीयहरुले उनलाई जटाधारी भन्थे ।

उनका पिता राधेश्याम सिंह कोलकाताको एक ठूलो कम्पनीमा एचआर म्यानेजर छन् । शुक्रबार धनन्जयकी बहिनी नेहा सिंह उनलाई लखनउबाट लिन आएपछि एक्ला दाजुसँग विछोडिएपछि फेरि भेटिँदासम्मको रोचक कहानीको खुलासा भयो ।

बिहीबार धनंजयको खुट्टाबाट रगत बगिरहेको देखेपछि गीता गोपाल संस्थाका सदस्य साहिलले उनलाई पट्टि लगाइदिन नजिक बोलाए । यही क्रममा साहिलले उनीसँग उनको घर परिवारबारे सोधे । मानसिक स्थिति ठिक नभएका धनन्जयले यसबारे बताउन सकेनन् । तर, उनले केहीबेर सम्झिएपछि एक मोवाइल नम्बर बताए । यो नम्बर आजमगढमा कनेक्ट भयो ।

फोनमा साहिलले धनंजयको बारेमा कुरा गर्दा थाहा भयो कि फोन उठाउने शिशुपाल धनंजयका ठूलोबा थिए । उनैले युवकको नाम धनंजय बताए । धनंजय २ वर्ष पहिले घरबाट हराएका थिए । शुक्रबार धनंजयकी बहिनी नेहा उनलाई लिन हरियाणा पुगिन् । दाजु मन्दिरबाहिर बसेका थिए । दाह्री र कपाल बढेका थिए । बहिनीलाई देख्नासाथ धनंजयले उनलाई चिने ।

नेहाले भारतीय मिडिया दैनिक भास्करसँग कुरा गर्दै बताएअनुसार एक्लो छोरो भएका कारण धनंजय परिवारमा निकै प्रिय थिए र जिद्दी पनि थिए । उनले ग्रयाजुएशन गरेका छन् । उनलाई नशाको लत लागेको थियो । यसबाट उनको मनस्थिति बिग्रिँदै गयो र एक दिन उनी घर छोडेर हिँडे । परिवारले उनलाई खोज्ने निकै प्रयास गरे तर उनी भेटिएनन् । अहिलेसम्म त परिवारले आशा पनि मारिसकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *