बलात्कार गरेर मारिएकी युवतीको लाश लिन कोही आएनन्, प्रहरीले गर्यो अन्तिम संस्कार
फाइल फाेटाे
काठमाडौं। बलात्कार पीडितलाई नै समाजले दुर्व्यवहार गर्ने गरेका कारण समाजमा स्थापित हुन कठिन भएका कैयौं घटना हामीले देखेका छौं । बलात्कार पीडितलाई नै समाजले हेयका दृष्टिले हेर्ने गरेका कारण उनीहरु झनै पीडित हुनु परेको छ । यस्तै एक दर्दनाक घटना छिमेकी देश भारतमा भएको छ ।
दैनिक भास्करको समाचार अनुसार उत्तर प्रदेशको आगरामा शुक्रबार पुलिसले बलात्कार पीडित एक युवतीको हिन्दू रितिरिवाज अनुसार अन्तिम संस्कार गरेका छन् । उनको अन्तिम संस्कारपछि पुलिसले रितिरिवाज अनुसार भोज पनि आयोजना गर्यो । पुलिले उनको अन्तिम संस्कारको सबै विधि पूरा गरेको छ ।
एसपी रोहन बोतरेका अनुसार केही दिन पहिले ती बलात्कार पीडित युवतीको अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि केही दिन शव सुरक्षित राखियो तर उनको शव लिन कोही पनि आएनन् । शव लिन कोही नआएपछि पुलिसले नै उनको अन्तिम संस्कारको सबै विधि पूरा गर्ने निर्णय गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment