भित्र नगरसभा, बाहिर ढुंगामुढा

डिसी नेपाल
२९ पुष २०७६ १४:१२

मुगु। मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको छैटाैं नगरसभा चलिरहँदा हल बाहिर ढुंगामुढा भएको छ। सोमबार कृषि कार्यालयको सभाहलमा नगरसभा चलिरहँदा हलबाहिर नेकपा सर्मथक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुंगामुढा गरेका हुन्।

नगरपालिका नगरसभा संचालन कार्यविधि २०७४ को परिच्छेद २ दफा ३ अनुसार कृषि कार्यालयको हलमा नगरपालकाको सातौं नगरसभा उदघाटन भएर केही प्रस्ताव र निर्णयहरु बहुमतका आधारमा पारित भएपछि हलभित्र असुन्तुष्टि सदस्यले होहल्ला गरेपछि हल बाहिर रहेका नेकपा सर्मथक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुंगामुढा गरेको नगर प्रमुख हरिजंग शाहीले बताए।

ढुंगा प्रहारबाट कृषि हलका झ्यालका सिसा र ढोकामा क्षति पुगेको छ।  बाहिर ढुंगामुढा र भित्र होहल्ला हुँदा हल भित्र असन्तुष्ट सदस्यहरु वडा नं ५ का वडा अध्यक्ष डम्बर रावल, कार्यपालिका सदस्य रत्न बढुवाल र सर्मथक सदस्यहरु सुवास बुढा, परेगराज चौलागाई, कर्ण रावललाई सामान्य चोट लागेको छ। ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएकाले ठूलो घटना हुन भने पाएन।

नगर सभाका बहुमत सदस्यहरुले बजेट, नगर शिक्षा ऐन २०७५ संशोधन र स्वास्थ्य ऐन, नगरपालिका केन्द्रभित्र शान्ति सुरक्षाका लागि सिसी क्यामारा जडान, अल्का साँधु–चराप, नेटा–थार्प, तलितुम–लामाचौर, रंजनबालै–घट्टलेख–चराप र कोटिल्ला–सातमोड सडक नगरपालिकाको जेसिवीबाट निमार्ण गर्ने र नगरपालिकाको कार्यालय भवन निमार्णका लागि जग्गा खरिद गर्ने निर्णय पारित गरेको नगरसभा सदस्य परेगराज चौलागाईँले बताए।

यता नेकपा सर्मथक जिल्ला स्तरका नेताहरुले नगर प्रमुखले आफ्ना सदस्यहरुलाई लोभ लालचमा फसाएर सधैं बहुमत जुटाउने र लामो छलफलै नगराएर आफू अनुकलको निर्णय गरेकाले बाध्य भएर विरोधमा उत्रनु परेको बताए।

छैटौं नगरसभामा नेकपा सर्मथक वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाई, वडा नं १२ का वडा अध्यक्ष सुवास बुढा, कार्यपालिका सदस्य कर्ण कुलाल, हजारकला विक, पशुपती शाहीसहित १० सदस्यले नगर प्रमुखको प्रस्तावको सर्मथन गरेका थिए।

नगरसभाका कुल ७२ सदस्यहरु मध्य ३७ नेकपा र ३५ काँगे्रस समर्थक सदस्य रहेका छन्। यो नगर सभामा नेकपाबाट निर्वाचित १० जना सदस्यहरुले समर्थन गरेकाले अब ४५ मेयरको सर्मथन र २७ विरोधमा रहेको वडा नं ४ का वडा अध्यक्ष विष्णुकुमार भामले बताए ।

यसैबीच पटक–पटक पार्टीे निर्णयको उलंघन गर्दै आफ्नो व्यक्तगत स्वार्थका लागि नगर प्रमुखले प्रस्ताव गरेका निर्णयहरुको सर्मथन गर्ने नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई कारवाहीका लागि पार्टीका सम्वन्धित निकायमा सिफारिस गरिएको नेकपा नगर कमिटीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *