युक्रेनी विमान खसाउने जिम्मेवारहरूलाई इरानले पक्राउ गर्न सुरु गर्यो

डिसी नेपाल
२९ पुष २०७६ १५:४७

दुबइ। इरानी राष्ट्रपति हसन रूहानीले युक्रेनी विमान दुर्घटना गराएर ‘पिडादायी र अक्षम्य’ घटना घटाउने जो कोही भए पनि कारबाही अघि बढाउनुपर्ने बताएका छन्। इरानी अदालतले पनि युक्रेनी विमान दुर्घटना गराउनेहरूको खोजीकार्य जारी रहेको र केहीलाई पक्राउसमेत गरिसकिएको बताएको छ।

‘यसको जिम्मा एकजनामात्र नभएर त्यससँग सम्बन्धित सबैले लिनुपर्नेछ‚’ रूहानीले भने‚ ‘यस कार्यमा संलग्न अरु पनि छन्। तिनीहरू सबैको इमान्दारीपूर्वक छानबिन हुनुपर्छ।’

इरानी अदालतका प्रवक्ता घोलाम हूसेन एस्माइलीहरूलाई उद्धृत गर्दै त्यहाँका मिडियाहरूले भनेका छन्‚ ‘ विस्तृत रुपमा कारबाही अगाडी बढिएको र तीमध्ये केहीलाई कानुनको दायरामा ल्याइसकिएको भनिए पनि उनले अहिलेसम्म कतिलाई र कसलाई पक्राउ गरिएको भनी कसैको नाम भने खुलाएका छैनन्।’

उक्त युक्रेनी विमान गत जनवरी ८ मा इरानी सेनाद्वारा खसालिएको थियो। सो विमानमा सवार १ सय ७६ जनाको दुर्घटनामा परी मृत्यु भएको थियो। मृत्यु हुनेमा ८२ इरानी‚ ५७ क्यानडेली र ११ युक्रेनी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *