८ वर्षपछि पहिलो पटक खामेनीद्वारा प्रार्थनाको नेतृत्व
तेहरान । इरानका सर्वोच्च धार्मिक नेता आयातोल्ला अलि खामेनीले यस हप्ताको शुक्रबार तेहरानमा गरिने प्रार्थनामा नेतृत्व गर्ने भएको इरानी अधिकारीले बताएका छन् ।
राज्य सञ्चालित समाचार संस्था (आइआरएनए)ले बुधबार इरानी अधिकारीलाई उद्धृत गर्दै तेहरानमा हुने प्रार्थनासभामा सात वर्षपछि खामेनीको उपस्थिति रहनेछ । तेहरानमा हुने इमाम (प्रार्थना) का लागि मुख्य व्यक्ति खामेनी ने भएपनि उनले उक्त जिम्मेवारी आफ्ना प्रतिनिधिमार्फत् सञ्चालन गर्दै आएका थिए ।
खामेनीले यस पहिले तेहरानस्थित मोसल्ला मस्जिद्मा सन् २०१२ को फेब्रुअरीमा गरेका थिए । ईस्लामिक क्रान्तिको ३३ औँ बार्षिक उत्सव र इरानले आणविक बिषयका कारण सङ्कट झेलेका समय नेतृत्व दिएर एकताका लागि सम्पूर्ण इरानीलाई प्रोत्साहन गरेका थिए।
खामेनीको उत्तराधिकारीका रूपमा समेत हेर्ने गरिएका इरानी विशेष सुरक्षा बलका प्रमुख कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा भएको अमेरिकी आक्रमणमा मृत्यु र प्रत्युत्तरमा तेहरानले इराकस्थित अमेरिकी सैन्य शिबिरमा गरेका आक्रमणका क्रममा इरानी नागरिकसमेत रहेको यूक्रेनी विमान खसालिएपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै इरानी सर्वोच्च नेताले सक्रियता देखाएका हुन् ।
यूक्रेनी विमानलाई ‘भुलबश’ शत्रुद्वारा हानिएको ‘क्रुज मिसाइल’ भनी खसालेपछि इरानको राजधानी तेहरानमा सरकारविरोधी नारा लागेपछि सबैलाई अमेरिकाविरूद्ध एकतावद्ध गर्न उनले प्रार्थनाको नेतृत्व गर्नलागेको अनुमान गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment