धुमधामसँग बिहे त गरे तर बेहुलीले सुहागरात टारिन्, २ हप्तापछि जब घरमा पुलिस आयो…

डिसी नेपाल
२ माघ २०७६ ९:२८

कठमाडौं। युगाण्डामा एक मस्जिदका इमामले निकै धुमधामका साथ बिहे गरे । तर, बेहुलीले बिहेलगत्तै महिनावारी भएको भन्दै सुहागरात टारिन् । २ हप्तासम्म उनीहरुबीच शारीरिक सम्बन्ध भएको थिएन । २ हप्तापछि जब घरमा पुलिस आयो त्यसपछि भने इमामको होसहवास उड्यो । पुलिसले यस्तो रहस्य खोलिदियो कि इमामको बिहे त बर्बाद भयो नै उनले गर्दै आएको मस्जिदको इमामको पदवीसमेत खोसियो ।

डेलिमेलको समाचार अनुसार खासमा ती बेहुली महिला होइन पुरुष थिए । पुलिसले बेहुलीको रहस्य खोलिदिएपछि इमामले उनीविरुद्ध पुलिसमा उजुरी गरेका छन् । उता मस्जिद व्यवस्थापनले इमामलाई तत्कालका लागि पदबाट निलम्बन गरेको छ । खासमा बेहुली बनेका व्यक्ति एक चोर भएको पुलिसले खुलासा गरेको छ ।

युगाण्डाको कायुंगा जिल्लाका इमाम शेख मोहम्मद मुटुम्बाले २ हप्ता पहिले स्वबुल्लाह नाबुकिरासँग धुमधामका साथ निकाह (मुस्लिम संस्कारअनुसार विवाह) गरेका थिए । उनी बेहुलीलाई लिएर आफ्नो घर गए । उनीहरु घरमै थिए तर उनीहरुबीच शारीरिक सम्बन्ध भएको थिएन । बेहुलीले आफ्नो महिनावारी भएको भनेर टारेको सुहागरात २ हप्तासम्म पनि टार्दै गएकी थिइन् । २ हप्तापछि अचानक इमामको घरमा पुलिस आयो ।

पुलिस टिममा महिला अधिकारी पनि थिए । पुलिसले आफूहरु टिभी र कपडा चोरी गरेको एक चोरको खोजीमा आएको र आफूहरुलाई इमामकी पत्नी नै त्यो चोर भएको शंका लागेको बताए । पुलिसले इमामकी पत्नी महिला नभइ पुरुष भएको शंका लागेको पनि बताए । पुलिसले यति भनेपछि इमामले पुलिस अधिकारीका अगाडि आफ्नी नयाँ बेहुलीलाई जाँचका लागि दिए । महिला पुलिस अधिकारीले जाँच गर्दा तत्कालै थाहा भयो कि बेहुली महिला नभइ पुरुष हुन् ।

पुलिसले तत्कालै उनलाई पक्राउ गर्यो । महिला बनेका यी पुरुषको नाम रिचर्ड तुमुशाबे हो । उनको उमेर २७ वर्ष छ । पुलिसले तुमुशाबेकी आन्टीलाई पनि पक्राउ गरेको छ । उनी पनि तुमुशाबेसँग मिलेर चोरी गर्थिन् । आन्टीले नै तुमुशाबेको इमामसँग विवाहको व्यवथा मिलाएकी थिइन् । उनीहरुले इमामको घरमा बिहे गरेर गएपछि त्यहाँ नै चोरी गर्ने योजना बनाएका थिए । अहिले दुवै जेलमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *