श्रीमतीले १९०० रुपैयाँमा आफ्नै श्रीमान बेचिदिइन्

डिसी नेपाल
२ माघ २०७६ १३:००

नैरोबी। एक श्रीमतीले धोका दिने श्रीमानलाई १९०० रुपैयाँमा बेचिदिएकी छिन् । केन्यामा आफ्नो श्रीमान अर्कै महिलासँग देखेपछि ती महिलाले १७०० सिलिङ (१९०५ नेपाली रुपैयाँ) मा श्रमिानलाई बेचिदिएकी हुन् । केन्याको मिडिया स्ट्याण्डर्डमिडियाका अनुसार एडना मुकवाना नामकी ती महिलाले श्रीमानलाई बेचेर आएको पैसाले छोराछोरीलाई नयाँ वर्षको लागि नयाँ कपडा किनिदिएको बताएकी छिन् ।

मुकवानाले आफ्नो ओछ्यानमा पतिलाई अर्की महिलासँग देखेपछि उनलाई घरबाट निकालिदिएकी थिइन् । उनका पतिलाई बहकाउने ती महिलासँग उनले २ हजार सिलिङ मागेकोमा ती महिलाले १७०० सिलिङ मात्रै पठाएको मुकवानाले बताइन् । यो पैसाबाट उनले आफ्ना बच्चालाई नयाँ वर्षको अवसरमा नयाँ कपडा किनिदिएकी थिइन् । पतिले धोका दिएकाले आफू उनीसँग बस्न नचाहेको पनि उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *