कश्मीर हिमपहिरोः १८ घण्टासम्म हिउँमा पुरिएकी बालिकाको जीवितै उद्धार
इस्लामावाद (एजेन्सी)। पाकिस्तान प्रशासित जम्मू कश्मीरमा गएको हप्ता आएको हिमपहिरोमा पुरिएकी एक १२ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ।
१८ घण्टासम्म हिउँमा पुरिएकी समीना बीबीको जीवितै उद्धार गरिएको समाचार एजेन्सी रोयर्टसले उल्लेख गरेको छ। रोयटर्ससँग कुरा गर्दै ती बालिकाले गुहार माग्न आफु निकै चिच्याएको बताएकी छन्। रोयर्टसको हवला दिँदै बीबीसीले लेखेको समाचार अनुसार ती बालिकाले आफु बाँच्ने आशा मारिसकेकी थिइन्। तर समयमै उद्धारकर्मी पुगेर उनलाई बचाए।
उनको हाल पाकिस्तानी प्रशासित जम्मू कश्मीरको राजधानी मज्जफ्फरवादको एक अस्पतालमा भइरहेको छ। हिमपहिरोमा पनि पीओकेमा मात्र कम्तिमा ७४ जनाको मृत्यु भएको छ भने पाकिस्तानभर करिम १०० जनाको मृत्यु भएको छ। यता भारत प्रशासित कश्मीरमा पनि ८ जनाको मृत्यु भएको बताइएको छ।
अझै हिमपहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment