१७ वर्षकी किशोरीको कपाल विश्वमै सबैभन्दा लामो, गिनिज बुकमा दर्ता

डिसी नेपाल
३ माघ २०७६ ९:०४

गुजरात। गुजरातकी १७ वर्षकी किशोरीको कपाल विश्वमै सबैभन्दा लामो छ । यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ता गरिएको छ । गत वर्ष २२ सेप्टेम्बरमा नीलांशी पटेलले सबैभन्दा लामो कपालको आफ्नै रेकर्ड तोडेकी थिइन् । त्यतिबेला उनको कपालको लम्बाइ १९० सेन्टिमिटर थियो । यसअघि २१ नोभेम्बर २०१८ मा उनको कपालको लम्बाइ १७०.५ सेन्टिमिटर थियो । यो लम्बाइ पनि त्यतिबेला रेकर्ड नै बनेको थियो ।

अरवल्ली जिल्लाको मोडासाकी नीलांशी पटेललाई उनको कपालका कारण वास्तविक जीवनकी रपुञ्जेल भनिन्छ । नीलांशीका अनुसार उनको कपाल बढ्ने र सुन्दर हुनुको रहस्य उनकी आमासँग छ । उनी घरमै बनेको तेल मात्र कपालमा लगाउँछिन् । यो तेल उनकी आमाले केही विशेष तत्व मिलाएर बनाउँछिन् । नीलांशीका अनुसार उनी ६ वर्षकी हुँदा उनको कपाल बिग्रिएपछि काटिएको थियो । त्यसपछि यसको हेरचाह सुरु गरेकी थिइन् ।

अहिले उनी जहाँ पनि जान्छिन् उनको लामो कपाल देखेर मानिसहरु उनीँग सेल्फी लिन चाहन्छन् । यसबाट उनलाई आफू सेलिब्रेटी भएको अनुभूति हुन्छ । उनलाई आफ्नो कपाल निकै राम्रो लाग्छ र यसलाई कहिल्यै काट्न चाहन्नन् । उनको लामो कपालका कारण उनको नाम गिनिज बुकमा लेखियोस् भन्ने उनकी आमाको सपना थियो जो २ पटक पूरा भइसकेको छ । १२ कक्षामा पढ्ने नीलांशी सफ्टवेयर इन्जिनियर बन्न चाहन्छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *