लोकप्रिय लेखक सर्बज्ञ वाग्लेले उपन्यास पुनर्वासको विमोचनसँगै आफ्नो अन्य नयाँ कृतिहरु सार्वजनिक गर्ने

डिसी नेपाल
३ माघ २०७६ २१:२६

वासिङ्टन डिसी। जुवाघर (हाँस्यव्यंग्य) , क्यासिनो (कथा संग्रह) ,युधिष्ठिर (कथा संग्रह), सॉढे (हाँस्य व्यंग्य) गरि ४ वटा कृतिका लोकप्रिय लेखक सर्बज्ञ वाग्लेले आफ्नो नयाँ कृति सार्वजनिक गर्ने तयारीमा छन् ।

भारतले नेपाल र नेपालीलाईै ज्यादती गरीररहेका बेला उनले ‘पुनर्वास’ नाम उपन्यास सार्वजनिक गर्दैछन् । १ फेव्रुअरि २०२० अर्थात माघ १८ गते १२ वजे प्रज्ञा भवनमा उपन्यास पुनर्वासको विमोचन गर्ने तयारी गरिएको छ । बोर्डर,जुवा,देश,समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टा उपन्यास पुर्नवास भित्र पढ्न पाइन्छ ।

अमेरिकाको ब्यस्त जीवन शैलीमा पनि भारतीय दादागिरीलाई नेपालमा रहँदा नजिकैबाट नियालेका सवज्ञले उपन्यासका मार्फत भण्डाफोर गर्ने प्रयत्न गर्दैछन् ।

पुनर्वासको मात्र नभई ग्रेटर नेपाल,लिपुलेक,लिम्पिया धुरा लगायतको नेपालले गुमाएको भूमिलाई समेटेर लेखिएको उपन्यासमा लेखक वाग्लेले बोर्डर,जुवा,देश,समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टालाई यसै उपन्यास मार्फत बाहिर ल्याउने कोशिस गरेको बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *