अमेरिकामा गोलीकाण्ड, चारको मृत्यु

डिसी नेपाल
४ माघ २०७६ १३:११

लस एन्जेलस। अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। उताह राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाइ छ।  प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो।

“सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,” ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए।
आक्रमण गर्ने र पीडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *