द ग्रेट खलीको रेस्लिङ स्कुलका रेस्लरलाई कुटेर पैसा लुटियो

डिसी नेपाल
४ माघ २०७६ १४:५६

जालन्धर। जालन्धरमा दिलिप सिंह राणा उर्फ द ग्रेट खलीको सिडब्लुइ एकेडेमीका पहलवानलाई कुटेर ३१ हजार रुपैयाँ लुटिएको छ । यहाँ एटिएमबाट पैसा निकाल्ने विषयमा पहलवान र स्थानीयबीच विवाद भएको थियो । स्थानीय युवकले पहलवानलाई कुटेर पैसा खोसेका छन् । यो आरोप स्वयं खलीले लगाएका हुन् ।

पुलिसले घाइते पहलवानको बयान पनि लिएको छ । पुलिले विपिन नामका एक स्थानीय युवक र उनका साथीहरुविरुद्ध केस दर्ता गरेको छ । घाइते पहलवानको नाम राजेश कुमार भएको बताइएको छ । १६ जनवरीको रात दिनेश आफ्ना साथीहरुसँग एचडीएफसीको एटिएमबाट पैसा निकाल्न गएका थिए । यहाँ विपिन र उनका साथी पनि पैसा निकाल्न आएका थिए । एटिएममा ट्रान्जेक्सन ढिलो भइरहेको थियो । यही कारण दिनेशका साथी नजिकैको अर्को एटिएम गए । यही बीचमा २ युवक एटिएममा आए र उनीसँग गालीगलौज गर्न थाले ।

उनले विरोध गर्दा एकले हालतमा समातेको स्टिलको सामानले टाउकोमा हाने । यही बीचमा दिनेशका साथी पनि आए । उनीहरुले दिनेशका साथीलाई पनि कुटपिट गरेर ३१ हजार रुपैयाँ लुटे । यो पैसा उनका साथीले एटिएमबाट निकालेर ल्याएका थिए । आक्रमणमा रेस्लरको टाउको फुटेको छ । उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *