राष्ट्रपति कार्यालयले दाहोर्‍याएको गल्ति पर्यटन विभागले पनि पछ्याएपछि…

डिसी नेपाल
५ माघ २०७६ १७:२१

काठमाडौं। राष्ट्रपतिको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दा गम्भीर त्रुटि गरेको थियो। यस्तै त्रुटि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पनि गरेको छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जापानी प्रतिनिधिमण्डल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटको मिति नै ७ दिनपछिको राखिएको थियो।
अथवा शुक्रबार माघ ३ गते हुनुपर्नेमा शुक्रबार माघ १० गते राष्ट्रपति भण्डारी र जापानी मन्त्रीबीच भेट भएको उल्लेख गरियो।

सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयको यो त्रुटिको निकै आलोचना भयो। त्यसपछि राष्ट्रपति कार्यालयले आफ्नो गल्ति स्वीकार गर्दै त्रुटि सच्यायो। राष्ट्रपति कार्यालयबाट यसप्रकारको त्रुटि पटक पटक भइरहन्छ।

यस्तै गल्ति पर्यटन विभागले आइतबार गरेको हो। विभागको पर्यटन पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा पनि राष्ट्रपति कार्यालयकै जस्तो त्रुटि छ।
विभागको विज्ञप्तिमा ‘वि स २०७६ माघ १० गते शुक्रबारका दिनको अन्दाजी १० : ३० बजेको बीचमा अन्नपुर्ण गापा ११ देउराली आसपासमा हिउँ पहिरो गएको’ उल्लेख छ। जबकी यो हिउँ पहिरो शुक्रबार माघ ३ गते गएको हो।

यसरी विभागबाट मिति नै गलत राखेर विज्ञप्ति जारी भएपछि त्यसको व्यापाक आलोचना भएको छ। विभागको विज्ञप्तिमा हस्ताक्षर गरिएको छ, तर हस्ताक्षर गर्ने अधिकारीको नाम र पद भने उल्लेख गरिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *