अमेरिकी अन्तरिक्ष सेनाको बर्दी सामाजिक सञ्जालमा ट्रोल, सेनाद्वारा बचाउ

डिसी नेपाल
५ माघ २०७६ २१:३८
4
Shares

बीबीसी । अमेरिकी अन्तरिक्ष सेनाले आफ्नो नयाँ बर्दीको सामाजिक सञ्जालमा खिल्ली उडाइएपछि त्यसको बचाउ गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना शुरू गरेको सेनाले आफ्नो ट्विटरमा नयाँ बर्दी सार्वजनिक गरेको थियो।

उक्त बर्दी अन्य सेनाले लगाउने जस्तै जमिनमा आवरण लुक्ने प्रकारको छ र छाती र पाखुरामा सेनाको चिह्न छ। सो बर्दीमाथि प्रतिक्रिया लेख्दै धेरैले अन्तरिक्षमा बोटबिरुवामा लुक्न मद्दत गर्ने खालको बर्दीको के काम भनी प्रश्न गरेका छन्।

एक जनाले त ट्वीटमा प्रश्न गरेका छन्, ‘के उनीहरूले कहिल्यै अन्तरिक्ष देखेका छैनन्?’ अन्तरिक्ष सेनाले भने आफ्नो बर्दीको चयनलाई बचाउ गर्दै भएकै सेनाको बर्दीको प्रयोग गरेर नयाँ बनाउँदा लाग्ने खर्च बचाएको बताएको छ।

तर पनि बर्दी माथिको प्रतिक्रिया रोकिएको छैन। सन् २०१९ को डिसेम्बरमा वाशिङ्टन नजिकै रहेको सेनाको शिविरमा ट्रम्पले अन्तरिक्ष सेनाको स्थापना गरेका थिए।

ट्रम्पले त्यो बेला सो सेनाले अमेरिकी रक्षा प्रणालीलाई विश्वको नवीनतम युद्ध क्षेत्रमा हुनसक्ने खतराबाट बचाउने बताएका थिए। अमेरिकी हवाई सेनाको नेतृत्वमा रहने अन्तरिक्ष सेनाले आफ्ना जवानहरूलाई अन्तरिक्षमा भने राख्ने छैन।

यो सेनाले अन्तरिक्षमा रहेका अमेरिकाका सयौँ भूउपग्रह र अन्य निगरानी प्रणालीलाई सुरक्षा प्रदान गर्ने छन्। अमेरिकी हवाई सेना मन्त्री बारबारा बारेटले सो सेनामा १६,००० जवान रहने बताएकी छन्। ट्रम्प प्रशासनले सो सेनाको पहिलो वर्षको लागि चार करोड अमेरिकी डलर बजेट छुट्टाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *