फेसबुकले शी जिनपिङको नामको अश्लील अनुवाद गरिदिएपछि विवाद

डिसी नेपाल
६ माघ २०७६ १०:३९

काठमाडौं। चीनका राष्ट्रपति शी जिनपिङको म्यानमार यात्रा अहिले चर्चामा छ । यही बीचमा संसारको सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकले शी जिनपिङको नामलाई बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा अश्लिील अनुवाद गरिदिएपछि विवाद भएको छ । विवाद भएलगत्तै फेसबुकले यो प्राविधिक त्रुटि भएको भन्दै माफी मागेको द गार्डियनको रिपोर्टमा उल्लेख छ

शी जिनपिङ म्यानमार भ्रमण गएको दोस्रो दिन राष्ट्रपति जिनपिङ र म्यानमारकी नेतृ आङ साङ सुकीबीच केही सम्झौता भएका थिए । तर, यो सम्झौता भन्दा बढी चर्चामा फेसबुकको अनुवाद रह्यो । म्यानमारको बर्मेली भाषामा गरिएको एक आधिकारिक फेसबुक पोस्टलाई फेसबुकले अंग्रेजीमा अनुवाद गर्ने क्रममा शी जिनपिङको नामलाई ‘मिस्टर शिटहोल’ बनाइदियो जका कारण विवाद भयो । आङ साङ सुकीको फेसबुक पेजमा राष्ट्रपति जिनपिङको यात्राका विषयमा गरिएको पोस्ट स्थानीय भाषामा थियो जसलाई फेसबुकले अंग्रेजी अनुवाद गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *