श्रीमतीले ढोका खोल्न ढिलो गरेपछि ‘सिंघम’ डिएसपीले गोली ठोकिदिए

डिसी नेपाल
६ माघ २०७६ १४:१७

काठमाडौं। भारतको पंजाब पुलिसमा सिंघमको नामले परिचित डिएसपी अतुल सोनीमाथि हत्याको प्रयास र हातहतियार सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गरिएको छ । सोनीले आफ्नी श्रीमतीलाई गोली हानेको आरोप लागेको आज तकको समाचारमा जनाइएको छ । यो घटना शनिबार रातको हो ।

अतुल सोनी शनिबार अबेर राती एक पार्टीबाट फर्केका थिए । अबेर राती घर पुगेका कारण श्रीमतीले घरको ढोका ढिलो खोलिन् । यो कुराले डिएसपी सोनी यति रिसाए कि उनले श्रीमतीलाई गोली हानिदिए । यद्यपि गोली उनकी श्रीमतीलाई लागेन । आक्रमणलगत्तै उनकी श्रीमती थाना आठ फेस पुगिन् र अतुलविरुद्ध उजुरी दिइन् । पुलिसले केस दर्ता गरेर जाँच सुरु गरेको छ ।

अतुल सोनीले आफ्नो सर्भिस रिभल्भरबाट नभए अवैध रिभल्भरबाट गोली चलाएका थिए । अतुल सोनीकी पत्नीको सहयोगमा पुलिसले घटनामा प्रयोग भएको हतियार र गोलीको खोका बरामद गरेको छ । अतुल सोनी फरार छन् । चण्डीगढका ५० वर्षका डिएसपी अतुल सोनी १९९२ मा सब इन्स्पेक्टरको रुपमा पंजाब पुलिसमा भर्ती भएका थिए । २०१८ मा उनी डिएसपी बनेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *