पहिला हनिमुन मनाएर महिलाको हत्या गर्ने यी सीरियल किलर्स

डिसी नेपाल
८ माघ २०७६ १३:४२

काठमाडौं। विश्वमा यस्तो हत्यारा पनि छन् जसको नाम सुन्दा नै जिउमा काँडा उम्रिन्छन्। यस्ता सीरियल किलर्सले निर्दोश मानिसलाई आफ्नो शिकार बनाउँछन्। आज हामी यस्तो सीरियल किलर्सको बारेमा जानकारी दिन गइरहेका छौं जसले भारतमा कयौं मासिनको ज्यान लिइसकेको छ। उसलाई भारतमा खुंखार सीरियल किलर्स पनि भनिन्छ।

किनभने उसको हत्या गर्ने तरिका अरुको भन्दा बेग्लै थियो। उसलाई साइनाइड किलर अर्थात साइनाइड मोहनको नामले चिनिन्छ। यो किलर पहिला बेहुलीसँग सुहागरात मनाउँथे अनि बेहुलकीको हत्या गथ्र्यो।

२००९ मा कर्नाटकको एक गाउँकी अनिता नाम गरेकी युवतीको एक जना युवासँग प्रेम बस्यो। दुवै विवाह गर्न चाहन्थे। त्यसकारण अनिताले आफ्ना सबै कुरा छोडेर ती युवकसँग गइन। त्यसको भोलिपल्ट गाउँको एउटा मन्दिरमा विवाह गर्ने वाचा यी युवकले अनितासँग गरेका थिए।

उनीहरु एक दिन एक होटलमा बसेका थिए। अनितासँग उसले शारीरिक सम्बन्ध पनि बनायो। त्यसको भोलिपल्ट अनिताले बेहुलीको कपडा र गहना लगाएर होटलबाट निस्किइन्। र हसन जिल्लाको बसपार्कमा पुगिन्। जहाँ युवक उनलाई कुरिरहेका थिए।

युवकले अनितालाई एउटा ट्याबलेट दिँदै त्यो गर्भनिरोधक औषधि भएको बतायो। साथै उसले औषधि खाएपछि चक्कर पनि आउने बतायो। त्यसपछि युवकले अनिताको सबै गहना उतारेर आफूसँग राख्यो। अनिताले उक्त औषधि खाएपछि उनको निधन भयो। धेरै समयपछि कोठाको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरीले ढोका खोलेर हेर्दा अनिता बाथरुममा मृत फेला परिन्। यी युवक भने फरार थिए।

२००९ को बीचमा दक्षिण कर्नाटकका ६ वटा शहरमा अलग अलग बसपार्क नजिकै बनेको ट्वाइलेटमा २० महिलाको शव बरामद भएको थियो। सबै मृतक महिलाको उमेर २०–३२ वर्षको थियो। र यी सबै महिलाले बेहुलीको कपडा लगाएका थिए। १० जुन २००९ मा जब २२ वर्षीया अनिता आफ्नो गाउँबाट बेपत्ता भइन तब स्थानीयले आन्दोलन गरे।

र त्यसलाई साम्प्रदायिक रुप दिँदै अनितालाई कोही मुस्लिमले भगाएको आरोप लगाइयो। त्यसपछि प्रहरीले यो विषयमा छानविन गर्यो। त्यसपछि अनिताको मोबाइलको जाँच सुरु गर्यो। उनको मोबाइलमा एक जना कावेरी नामको महिलाको नम्बर थियो।

प्रहरी कावेरीको घरमा पुग्दा उनी महिनौंदेखि बेपत्ता थिइन्। प्रहरीले फेरि कावेरीको फोनको जाँच सुरु गर्यो। उनको मोबाइलमा एक जना पुष्पा नाम गरेकी युवतीको नम्बर फेला पर्यो। प्रहरी पुष्पाको पनि घरमा पुग्यो, तर उनी पनि बेपत्ता थिइन्।

प्रहरी तनावमा पर्यो। फेरि प्रहरीले मंगऔरको एउटा गाउँमा एउटा नयाँ विषयको पत्ता लाग्यो जसको फोन पनि चालू अवस्थमा थियो। प्रहरीले उक्त नम्बरमा फोन गर्यो, त्यसपछि उक्त मोबाइल धनुष नाम गरेको युवकले चलाउने गरेको थाहा भयो।

प्रहरी उक्त गाउँमा पुगेर धनुषसँग सोधपुछ गर्यो। धनुषले उक्त नम्बर आफ्ना काका प्रोफेसर मोहन कुमराबाट लिएको बताए। प्रहरीले प्रोफेसर मोहनलाई पक्राउ गर्यो। उनले प्रहरीलाई दिएको बयान अनुसार गरिव परिवारमा दहेजका कारण धेरै युवतीको विवाह हुन सक्दैन थियो।

त्यस्ता व्यक्तिलाई उनी आफ्नो मायाजालमा पार्थे र शारीरिक सम्बन्ध बनाएर गर्भनिरोधक औषधि भन्दै ट्वालेट खान दिन्थे र युवतीको मृत्यु हुन्थ्यो।

२०१३ मा मंगलौरको फास्ट ट्रयाक कोर्टले २० महिलाको हत्यामा दोषी ठहर गर्दै उनलाई फासीको सजाय सुनायो। अझ सबैलाई चकित पार्ने कुरा त के भने मोहन कुमारले आफ्नो मुद्दा आफैं लडेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *