हनिमुनमा आमालाई साथमा लैजाँदा आमा र श्रीमानकै लसपस, आमाले जन्माइन ज्वाइँको सन्तान

डिसी नेपाल
८ माघ २०७६ १४:१३

काठमाडौं। एक जना आमाले आफ्नी छोरीलाई धोका दिँदै ज्वाइँसँग विवाह गरेकी छन्। ३४ वर्षीया एक महिलाले घटनाको दश वर्षपछि दर्दनाक कहानी सार्वजनिक गरेकी हुन्।

यो घटना बेलायतको हो। लन्डनको ट्वीकेनहमकी लौरेन वालको विवाह भएको दुई महिना पनि भएको थिएन। एक दिन उनको श्रीमान अचानक घर छोडेर हिँडे। पछि आफन्तमार्फत जानकारीमा आए अनुसार उनका श्रीमान, आफ्नी आमासँग विवाह गरेर सँगै बस्न थालेका रहेछन्।

लौरेनले पौलसँ २००४ मा विवाह गरेका थिए। आमा जुलीले विवाहमा करिव १४ लाख रुपैयाँ खर्च गरेकी थिइन्। लौरेन किनै खुशी भएकी थिइन् र उनले आफ्नी आमालाई पनि हनिमुनमा सँगै लिएर गएकी थिइन्। अगाडि के हुँदैछ भन्ने उनलाई थोरै मात्र पनि अनुमान थिएन।

हनिमुनबाट फर्केको केही समयपछि जुली र पौलसँगै बस्न थाले। यो लौरेनका लागि निकै ठूलो झट्का थियो। जुन आमाको उनले निकै हेरविचार गरिरहेकी थिइन् तिनै आमाले उनलाई धोका लिएकी थिइन्। लौरेनलाई दोस्रो झट्का त्यतिबेला लाग्यो जब आमा जुलीले पौलको बच्चालाई जन्म दिइन्।

त्यसको केही वर्षपछि जुली र पौलले विवाह पनि गरे। यो विवाहमा छोरी लौरेन पनि सहभागी भइन्। mirror.co.uk का अनुसार आमा जुलीले सुरुमा ज्वाइँसँग आफ्नो नाजायज सम्बन्ध नभएको दाबी गरेकी थिइन्। तर समयसँगै उनले उक्त कुरा स्वीकार गर्न थालेकी थिइन्। तर पौलले लौरेनसँग माफी मागेनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *