६ महिनामा बलात्कारका ४८ घटना

डिसी नेपाल
८ माघ २०७६ १५:२४

सुर्खेत। सुर्खेतमा पछिल्लो समय जवर्जस्ती करणी र उद्योगका घटनाहरुमा बढेका छन्। पछिल्लो साढे तीन वर्षको अवधिमा २ सय ४ वटा बलात्कार सम्वन्धि मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। यी घटनामा २ सय ६ जना अभियुक्त पक्राउ परेका छन्।

आर्थिक वर्ष २०७३÷०७४ मा सुर्खेतमा ३४ मुद्दामा ३२ जना आरोपित पक्राउ परेका छन्।

यी मध्ये जवर्जस्ती करणीतर्फ २६ र जवर्जस्ती करणी उद्योगतर्फका आठ मुद्दा हुन्।

यस्तै आर्थिक वर्ष ०७४÷०७५ मा ३६ मुद्दामा ३७ जना पक्राउ परेका छन्। जसमध्ये जवर्जस्ती करणीका २३ र उद्योगतर्फ १३ मुद्दा छन्। आर्थिक वर्ष २०७५÷०७६ मा ८६ मुद्दामा ८६ जना पक्राउ परेका छन्।

चालु आर्थिक वर्षको हालसम्म ४८ मुद्दामा ५१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *