६ महिनामा बलात्कारका ४८ घटना

डिसी नेपाल
८ माघ २०७६ १५:२४

सुर्खेत। सुर्खेतमा पछिल्लो समय जवर्जस्ती करणी र उद्योगका घटनाहरुमा बढेका छन्। पछिल्लो साढे तीन वर्षको अवधिमा २ सय ४ वटा बलात्कार सम्वन्धि मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। यी घटनामा २ सय ६ जना अभियुक्त पक्राउ परेका छन्।

आर्थिक वर्ष २०७३÷०७४ मा सुर्खेतमा ३४ मुद्दामा ३२ जना आरोपित पक्राउ परेका छन्।

यी मध्ये जवर्जस्ती करणीतर्फ २६ र जवर्जस्ती करणी उद्योगतर्फका आठ मुद्दा हुन्।

यस्तै आर्थिक वर्ष ०७४÷०७५ मा ३६ मुद्दामा ३७ जना पक्राउ परेका छन्। जसमध्ये जवर्जस्ती करणीका २३ र उद्योगतर्फ १३ मुद्दा छन्। आर्थिक वर्ष २०७५÷०७६ मा ८६ मुद्दामा ८६ जना पक्राउ परेका छन्।

चालु आर्थिक वर्षको हालसम्म ४८ मुद्दामा ५१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *