माछाले युवकको घाँटीमा घातक आक्रमण गर्दा…
एजेन्सी। माछा मारिरहेका एक युवकलाई समुद्री माछाले आक्रमण गर्यो। त्यो पनि निकै घातक। माछाले एक युवकलाई आफ्नो चुच्चोले प्रहार गर्यो।
माछाको चुच्चोले युवकको घाँटी नै छेडिदियो।

यो घटना इन्डोनेशियाको हो। बेलायती समाचार पोर्टल डेली मेलका अनुसार इण्डोनेशियामा गएको शनिबार सुलाभेसी प्रान्तमा माछा मारिरहेको बेला १६ वषीय युवक इदुलमाथि फ्लाइङ नीडलाफिश माछाले आक्रमण गरेको हो। आक्रमण यति घातक थियोकी ती युवा बालबालले बाँचे।

युवकलाई उडेर आएको माछाले आक्रमण गरेको बताइएको छ। घटनापछि डाक्टरहरुले सर्जरी गरेर युवकको घाँटीबाट माछालाई बाहिर निकालेका छन्। युवकको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment