जन्म दर्ताका लागि ५ सय घुस नदिएको रिसमा २ बालकको उमेर सय वर्ष बढाइदिए

डिसी नेपाल
९ माघ २०७६ १०:५६

काठमाडौं। जन्मदर्ताका लागि ५ सय रुपैयाँ घुस नदिएको रिसमा स्थानीय तहका एक कर्मचारीले ४ वर्षका बालकको उमेर १०४ वर्ष र २ वर्षका बालकको उमेर १०२ वर्ष हुने गरी जन्मदर्ता गरिदिएका छन् । दैनिक भास्करको समाचार अनुसार घटना भारतको उत्तर प्रदेशको बरेलीको हो ।

यहाँका ग्रामीण विकास अधिकारी सुशील चन्द्र अग्निहोत्री र गाउँ प्रधान प्रविण मिश्रले आवेदकसँग ५ सय रुपैयाँ घुस मागेका थिए । घुस नदिएपछि आवेदकका ४ वर्षका भतिजा संकेतलाई १०४ र २ वर्षका साना भतिजाको उमेर १०२ वर्ष बनाएर जन्मदर्ता गरियो । अभिभावकले यसको विरुद्ध अदालत पुगेर न्याय मागेका छन् ।

बरेलीको भ्रष्टाचार निवारण विशेष अदालतले दुवै आरोपीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धानको आदेश दिएको छ । आवेदक पवन कुमारका अनुसार उनी बरेलीको बेला गाउँमा बस्छन् । उनले आफ्ना दुई भतिजाको जन्म प्रमाणपत्र बनाउन अनलाइन आवेदन दिएका थिए । तर ग्रामीण विकास अधिकारी र गाउँ प्रधानले एउटा प्रमाणपत्रको लागि ५ सयका दरले घुस मागे । पवनले घुस दिन अस्वीकार गरेपछि जन्म प्रमाणपत्र त बन्यो तर त्यमा उमेर सय वर्ष बढाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *