कर्णाली प्रदेशबाट नेकपाका मायाप्रसाद र सुमित्रा विजयी

डिसी नेपाल
९ माघ २०७६ १८:०५

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा प्राप्त पछिल्लो मतपरिणाम अनुसार सत्तारुढ दल नेकपाले ५ सिटमा जित हात पारेको छ। यतिबेलासम्म ५ स्थानको मात्र परिणाम आएको छ।

नेकपाकाले गण्डकीमा दुई, कर्णालीमा २ र प्रदेश नम्बर २ मा एक सिटमा जित हात पारेको छ। गण्डकीबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, प्रदेश नम्बर २ बाट तुलसा दाहाल विजयी भएका छन्।

यस्तै कर्णालीबाट नेकपाकै मायाप्रसाद शर्मा र सुमित्रा बिसी विजयी भएका छन्।

नेकपाका मायाप्रसाद शर्माले ३ हजार ६ सय १८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराम पाठक १ हजार २६ मत प्राप्त गरे। यस्तै नेकपाकी सुमित्रा बिसी ३ हजार ६ सय ८४ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी गणेश कुमारी बस्नेतले १ हजार २६ मत प्राप्त गरिन्।

मत परिणाम आउने क्रम जारी छ । बिहीबार राष्ट्रिय सभाका १८ सिटका लागि निर्वाचन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *