‘योग शिक्षा नेपाल र भारतको साझा’

डिसी नेपाल
१० माघ २०७६ १३:५३

काठमाडौं। नेपालस्थित भारतीय दूतावासका कार्यवहाक राजदूत डा. अजयकुमारले योग शिक्षा नेपाल र भारतको साझा पद्धति भएको बताएका छन्।

स्वामी विवेकानन्द सांस्कृति केन्द्रको आयोजना दूतावासमा भएको कार्यक्रममा कार्यवहाक राजदूत अजयकुमारले योग नेपाल र भारतको साझा पद्धति भएको बताएका हुन्। उनले स्वास्थ्यको प्राकृतिक तरिकाबाट उपचारमा ध्यान दिन आग्रह गर्दै कम केमिकल र कम औषधिको प्रयोग गर्न सुझाव समेत दिए। डा. अजयकुमारले प्राकृतिक खानालाई प्राथमिकतामा राख्न आग्रह गरे।

सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले एक महिने एडभान्स योग शिक्षाको समापन र एक दिने एडभान्स तबला प्लेइङ वर्कसप गरिएको बताए। एक महिने योग कोर्स पुरा गरेका ३७ जनालाई कार्यबहाक राजदूत अजयकुमारले प्रमाणपत्र प्रदान गरेका थिए।

भारतको बनारस हिन्द विश्वविद्यालयका प्रोफेसर प्रविण कुमारले एक दिने तबला प्लेइङ वर्कसपमा आफ्नो अनुभव, तबलाको महत्व लगायतका विषयमा जानकारी दिने उनले बताए।

कार्यक्रम नेपालस्थित भारतीय दूतावासको कार्यालय लैनचौरमा भएको हो । कार्यक्रममा एक महिने योग शिक्षा लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा उपाधि प्रदान गरिएको थियो। उनीहरुको लिखित तथा प्रयोगात्मक गराएर उपाधि प्रदान गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *