राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलद्वारा राजीनामा

डिसी नेपाल
१० माघ २०७६ १४:४६

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरलले राजीनमा दिएका छन्। प्याकुरेलले शुक्रबार पदबाट राजीनामा दिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

प्याकुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जनाएका थिए। उनको राजीनामा स्वीकृतिसमेत भइसकेको छ। ‘उहाँले स्वेच्छाले राजीनामा दिनु भएको थियो, उहाँको राजीनामा स्वीकृति पनि भइसकेको छ,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले डिसी नेपालसँग भने।

मानवअधिकारका क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाब र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।

द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएपछि त्यसप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा दिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *