‘स्वदेश तथा विदेशको सामुहिक यात्रामा ननिस्कन नागरिकलाई चीनको निर्देशन’

डिसी नेपाल
१२ माघ २०७६ ६:२७

एजेन्सी । स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् ।

चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबार देखि लागु हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ।

कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अवलम्बन गर्न लागेको बताइएको छ।

कोरोना भाइसरका कारण चीनमा कम्तीमा एक हजार ३०० व्यक्तिले उपचार सेवा लिइरहेको चीनले बताएको छ।

यद्यपि यो सङ्ख्या चीनले भनेकोभन्दा निकै धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सेवामा कार्यरत अन्तर्राट्रिय संघसंस्थाले अनुमान गरेका छन्।

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका समय चीनले अति आवश्यक अवस्थामा बाहेक आन्तरिक यात्रामा ननिस्कन शुक्रबारदेखि नै निर्देशन गरेको छ।

सरकारले नयाँ वर्षको अवसरमा गरिने ठूला भोज तथा फजुल सामुहिक सभा सम्मेलनका कार्यक्रम नगर्न आग्रह गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *