बलात्कारीलाई गोली ठोकेर मारेकै ठाउँमा किशोरीले झुटो बलात्कारको काण्ड मच्चाएपछि…

डिसी नेपाल
१२ माघ २०७६ १०:२०

हैदराबाद। पछिल्लो समय सामूहिक बलात्कारको घटनाबारे सुन्नासाथ धेरैको स्मृतिमा हैदराबाद आउँछ । यहाँ एक महिना अघि मात्र ४ जना सामूहिक बलात्कारका अभियुक्तलाई पुलिले गोली ठोकेर मारिदिएको थियो । यही ठाउँमा १६ वर्षकी एक किशोरीले झुटो बलात्कारको यस्तो काण्ड मच्चाइन् कि पूरै पुलिस डिपार्टमेन्टले दौडधुप गर्नुपर्यो ।

आज तकको समाचार अनुसार यहाँकी १६ वर्षकी एक किशोरीले घरबाट पैसा चोरेको विषयमा आमाछोरीको झगडा भएपछि घर छाडेर हिँडेकी थिइन् । घरबाट निस्केकी उनी घण्टौंसम्म घर फर्किइनन् । परिवारले उनको खोजी गरिरहे तर किशोरीको कुनै खबर पाउन सकेनन् । किशोरी अबेर राती घर फर्किइन् । घरमा आएपछि उनले परिवारलाई हैदराबादको अमिनपुरमा ४ जनाले आफ्नो सामूहिक बलात्कार गरेको बताइन् ।

छोरीको कुरा सुनेपछि मर्माहत भएका मातापिताले उनलाई सांगारेड्डी पुलिस थाना लिएर गए । यहाँ पुलिससँग किशोरीले भनिन् ‘म घरबाट रिसाएर निस्केकी थिएँ । सडकमा एक्लै गइरहेका बेला अचानक एक जना बाइक सवारले मेरो पिछा गर्न थाल्यो । मैले बाइक सवारलाई एक थप्पड हानेपछि त्यो त्यहाँबाट गयो । केही बेरपछि बाइकमै फर्कियो । त्यसपछि उसले मेरो नुहाइरहेको भिडियो आफूसँग भएको र साथमा नगएमा भिडियो इन्टरनेटमा हालिदिने भन्दै धम्की दिएर बाइकमा राखेर लिएर गयो ।’ किशोरीका अनुसार बाइक सवारले उनलाई लिएर अमिनपुर गयो जहाँ ४ जनाले झाडीमा उनलाई सामूहिक बलात्कार गरे ।

किशोरीको उजुरीपछि पुलिसले कारवाही सुरु गर्यो । पुलिस टिमले किशोरीले बताएको क्षेत्रमा छानबिन गर्न थाल्यो तर पुलिसले कुनै सुराग भेट्टाउन सकेन । यही बीचमा किशोरीको मेडिकल जाँच गराउँदा सामूहिक बलात्कारको पुष्टि भएन । त्यसपछि पुलिसलाई किशोरीको कुरामा शंका भएको संगारेड्डीका एसपी चन्द्रशेखर रेड्डीले बताए । पछि पुलिसले किशोरीलाई बोलाएर सोधपुछ गर्दा उनले आफू ब्वाइफ्रेडसँग घुम्न गएको बताइन् । घर फर्किन ढिलो भएपछि गाली खाने डरले उनले सामूहिक बलात्कारको झुटो कहानी सुनाएकी थिइन् । किशोरीले पुलिससँग माफी मागिन् । उनी नाबालिग भएकोले पुलिसले उनलाई कुनै मुद्दा नचलाइ सम्झाएर छाडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *