लागुपदार्थ लुकाइएको गाडी झुक्किएर १९ हजार डलरमा लिलाम
सांकेतिक तस्बिर
बीबीसी । थाईल्यान्डमा लागुपदार्थको प्रयोग र ओसारपसार नियन्त्रण गर्ने सरकारी निकायले ठूलो परिमाणमा लागुपदार्थ लुकाइएको एउटा गाडी झुक्किएर आफूले लिलाम गरेको पत्ता लागेपछि क्षमायाचना गरेको छ। उक्त गाडीमा एम्फेटमीन नामक लागुपदार्थका हजारौँ चक्की थिए।
गत वर्ष बरामद गरिएको होन्डा सीआर-भी मोडलको कार झन्डै १९,००० डलर मूल्यमा बेचिएको थियो। ग्यारेजमा मर्मतसम्भारका लागि लगिँदा एक मिस्त्रीले उक्त कारको बम्परमा ९४,००० वटा चक्की फेला पारे। अधिकारीहरूले सन्दिग्ध अवस्थामा भेटिएका वस्तुको भविष्यमा राम्ररी जाँच गरिने बताएका छन्।
ब्याङ्कक पोस्ट पत्रिकाले अफिस अफ नार्कोटिक्स कन्ट्रोल बोर्डका महासचिव नियम तेम्स्रिसुखलाई उद्धृत गर्दै नियमानुसार उक्त गाडीको पनि खानतलासी गरिएको तर त्यतिबेला उक्त लागुऔषध फेला नपरेको जनाएको छ। एम्फेटमीन र क्याफीन मिसाएर बनाइएको ‘याबा’ नामक लागुपदार्थका चक्कीहरू बम्परपछाडि बाकसहरूमा थिए।
कुख्यात ‘एल च्यापो’ लाई आजीवन कारावासको सजाय
गत वर्ष चियङ राई प्रान्तमा बरामद उक्त गाडीभित्र एक लाखवटा त्यस्ता चक्की भेटिएको थियो। अधिकारीहरूका अनुसार अहिले फेला परेका चक्की सो मुद्दाको दसीका रूपमा रहनेछन्। तेम्स्रिसुखका अनुसार गाडी किन्ने व्यक्ति र मिस्त्रीलाई पुरस्कृत गरिनेछ।
उक्त लागुपदार्थ म्यान्मारबाट थाईल्यान्ड तस्करी हुन्छ। रातो वा गुलाफी रङ्गमा उपलब्ध हुने चक्कीहरू सस्तो मूल्यमा बेचिन्छ। थाई अधिकारीहरूले सन् २०१८ मा ५१ करोड ६० लाखवटा त्यस्ता चक्की जफत गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment