भारतमा गणतन्त्र दिवस सम्पन्न

डिसी नेपाल
१२ माघ २०७६ २१:२५

नयाँ दिल्ली । भारतले आइतबार आफ्नो ७१ औँ गणतन्त्र दिवस मनाएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा भारतले यस वर्ष ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोलाई बोलाएको थियो ।

गणतन्त्र दिवसका अवसरमा भारतीय सेनाले भव्य सैन्य प्रदर्शन गरेको थियो । उक्त अवसरमा विगतमा भारतले प्रयोग गरेका विविध सांस्कृतिक, ऐतिहासिक र रणनीतिक महत्वका हतियारसमेत राजपथमा प्रदर्शन गरिएको थियो ।

औपचारिक समारोह राष्ट्रिय युद्ध स्मारकमा पुगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शहीदहरूप्रति सम्मान गरेपछि सुरू गरिएको थियो । भारतको गणतन्त्र दिवसमा ब्राजिलियाली राष्ट्रपतिले प्रमुख आतिथ्यता गरेको यो तेस्रो अवसर हो ।

गणतन्त्र दिवसका अवसरमा भारत सरकारले ७१ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार विभिन्न व्यक्तिलाई पद्म पुरस्कार प्रदान गरेको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार बेलुका राष्ट्रपति रामनाथ कोविन्दले १४१ पद्म पुरस्कारलाई अनुमोदन गरेका थिए ।

यसमा सात पद्म विभूषण, १६ पद्म भूषण र ११८ पद्म श्री सम्मान रहेका छन् । यो वर्ष ३३ महिलाले पद्म पुरस्कार पाउने भएका छन् । यस्तै १८ जना गैर–भारतीय सम्मानित भएका छन् भने १२ जनालाई मरणोपरान्त सम्मानित गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *