भिडियोः ९ तला माथिबाट ३ सेकेण्डमा भुइँमा खसिन् महिला त्यसपछि उठेर हिँडिन्

डिसी नेपाल
१३ माघ २०७६ ११:५३

इजलुचिन्स्क। रुसको पश्चिमी साइबेरिया प्रान्तको इजलुचिन्स्क शहरको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक महिला भवनको ९ तला माथिबाट ३ सेकेण्डमा तल खस्छिन् । केहीबेर भुइँमै रहेपछि उनी उठेर हिँड्छिन् । त्यहाँ भुइँमा हिउँ भएकोले उनलाई धेरै चोड लाग्दैन । यो भिडियो एउटा सर्भिलेन्स क्यामेरामा रेकर्ड भएको थियो । घटना २२ जनवरीको हो । महिलाको पहिचान खुलाइएको छैन । उनी अस्पतालमा भर्ना भएको बताइएको छ ।

स्थानीय मिडियाका अनुसार हिउँबाट उठेर केहीबेर हिँडेपछि महिलाले छिमेकीहरुलाई सहयोगको लागि बोलाएर एम्बुलेन्स बोलाइदिन भनेकी थिइन् । डाक्टरका अनुसार महिलालाई भित्री चोट लागेको छ । उनको हड्डी भने भाँचिएको छैन । महिला खस्नुको कारण भने खुलेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *