बीडीए अमेरिका र एसएनएनले जुलाईमा सँयुक्त कन्भेन्सन गर्ने

डिसी नेपाल
१३ माघ २०७६ २१:१६

वाशिङ्टन। ब्लड डोनर अफ अमेरिका (बीडीए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेज (एसएनएन)को सँयुक्त आयोजनामा अमेरिकाको कोलोराडो राज्यस्थित डेनभरमा तेस्रो कन्भेन्सन हुने भएको छ।

आगामी जुलाई १७ देखि १९ सम्म कन्भेन्सन हुने आयोजकले जनाएको छ। कन्भेन्सनको थिम ‘रक्तदान र नर्सिङका माध्यमबाट जीवन र समूदायलाई जोडौं’ भन्ने रहेको छ।

कन्भेन्समा ब्लड डोनेशनबारे विभिन्न आइडियाहरु आदानप्रदान गरिने छ। यस्तै स्वास्थ्यका अन्य आयामहरुबारे पनि छलफल गरिने आयोजकले जनाएको छ।
बीडीए र एसएनएनकै आयोजनामा पहिलो कन्भेन्सन २०१६ मा टेक्ससको डलासमा आयोजना गरिएको थियो।

बीडीए अमेरिका र अन्य मुलुकहरुमा ब्लड डोनेशनबारे अभियान चलाउने एक स्वयमसेवी गैरसरकारी संस्था हो। यसको स्थापना २००९ मा भएको थियो। यो संस्थाले हालसम्म ९ हजार पिन्ट ब्लड संकलन गरिसकेको छ।

यस्तै एसएनएन २०११ मा स्थापना भएको गैरनाफामुलक व्यवसायिक संस्था हो। यसमा २७६ जना आजीवन सदस्यहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *