टिपर आतंक कायमैः सुर्खेतमा मोटरसाइकल चालकको टिपरले किच्दा मृत्यु

डिसी नेपाल
१४ माघ २०७६ १०:३३

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा टिपरले किच्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

वीरेन्द्रनगर ४ गौतम चोक नजिक टिपरले मोटरसाइकल चालक नाम खुल्न नसेका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुर्खेत–जुम्लारोड नोबल एकेडेमी अगाडि भे १ ख २२४० नम्बरको टिपरले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सुर्खेत प्रहरीले जनाएको छ। कालिकोट स्थायी घर भएका एक जना को घटनास्थलमै मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार मोटर्साइकल साइड लाउन खोज्दा निकै स्पिड्मा आएको टिप्परले पछाडिबाट ठक्कर दिएर घटना भएको हो। दुर्घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *