बिहे गरेर बेहुली ल्याएका थिए तर लाग्यो अपहरणको आरोप, बेहुलासहित सबै जन्ती जेलमा

डिसी नेपाल
१४ माघ २०७६ ११:२०

काठमाडौं। बिहे गरेर ल्याएकी बेहुलीलाई अपहरण गरेको आरोप लागेपछि एक बेहुलाहित पूरै जन्ती जेल पुगेका छन् । बेहुलीकी आमाले बेहुलासहित उनका काकालाई आफ्नी छोरीको अपहरण गरेको आरोप लगाएपछि पुलिसले बेहुला, उनका काका र सबै जन्तीलाई हिरासतमा लिएको हो । आज तकको समाचार अनुसार घटना भारतको हरियाणाको हो ।

हरियणाको पंचकूलामा नाबालिग बेहुलीलाई अपहरणको आरोपमा बेहुलासहित सबै जन्तीलाई हिरासतमा लिइएको हो । पंचकूलाको सेक्टर ५ थानामा बेहुलासहित पूरै जन्तीलाई हिरासतमा राखिएको हो । समाचार अनुसार बिहे सकिइसकेको थियो र जन्ती बेहुली लिएर पंचकूलाका सेक्टर १ खडग मंगोलीबाट नालागढ जानेवाला थियो । तर, जन्ती हिँड्नुभन्दा पहिल्यै पुलिस पुग्यो । बेहुलाका काका बीरामाथि बेहुली अपहरणको आरोप लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *