सुर्खेतमा गोली चल्यो ८ जना घाइते, बुधबार विहानसम्म कर्फ्यू

डिसी नेपाल
१५ माघ २०७६ २:५०

सुर्खेत । टिपरले मोटरसाइकलाई ठक्कर दिएर चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार साँझ ६ः३० देखि लागु हुने गरी कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै कफ्र्यू लागेको जानकारी दिएको हो ।

बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनकारीलाई तितरवितर पार्न हवाइफायर र गोली प्रहार गरिएको थियो। प्रहरीले चलाएको गोली लागि ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।

भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई किचेको थियो ।

उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए । यसरी, सुरु भएको आन्दोलन टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत रोकिएको छैन ।

 

आन्दोलनकारीले कर्णाली राजमार्ग बन्द गराउनुका साथै त्यस आसपास क्षेत्रमा बजारसमेत बन्द गराएका छन् । साथै आगजनी र तोडफोडमा उत्रिएका छन् ।

पूर्वतर्फको इत्राम, उत्तरतर्फको कपासे व्यारेक र पश्चिमको बाङ्गेसिमलसम्म कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *