पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

डिसी नेपाल
१४ माघ २०७६ २२:१३

काठमाडौं । नेपाल पर्यटन बोर्डले डा.धनञ्जय रेग्मीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । बोर्डको कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको हो ।

सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ ।

विप्लव पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको छनोट समितिले सीईओका लागि रेग्मीसँगै दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई सिफारिस गरेको थियो ।

सीईओको कार्यकाल चार वर्ष हुनेछ । नियुक्ति पत्र लिएपछि बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार गर्ने बोर्डले जनाएको छ ।

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा समेत छन् । रेग्मी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *