टिपर काण्डः सुर्खेत अझै अशान्त, शव पनि जलाइएन

डिसी नेपाल
१५ माघ २०७६ १९:३१

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार टिपरले किचेर एक मोटरसाइकल चालकको मृत्यु भएको घटनापछि स्थानीयले गरेको आन्दोलनका कारण अशान्त बनेको वीरेन्द्रनगर बुधबार बेलुकासम्म पनि शान्त बन्न सकेको छैन।

स्थानीयको आन्दोलनले उग्र रुप लिएपछि मंगलबार दिउँसो प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो। त्उपछि जिल्ला प्रशासन कार्यालयले बुधबार बिहानसम्मका लागि कर्फ्यू लगाएको थियो।

तर, बुधबार साँझ फेरि वीरेन्द्रनगरको एरी चोकमा प्रदर्शन गरेका छन्। टिपरले किच्दा मंगलबार कालिकोटका २० वर्षीय युवा केशब बहादुर सिंहको वीरेन्द्रनगरको जुम्मा रोडममा घटना स्थलमै मृत्यु भएको थियो।

टिपर चालकको गल्तिले केशबको मृत्यु भएको भन्दै उनका आफन्त र स्थायीयवासी प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले चलाएको गोली लागेर ८ जना घाइते भएका थिए। प्रहरीको गोली लागेर घाइते भएका ८ जनाको स्वास्थ्य अवस्था बुधबार साँझसम्म सामान्य रहेको छ।

मृतकका आफन्तले बुधबार पनि शव जलाएका छैनन्। मृतकका आफन्तले टिपर चालक र मालिकलाई कडा कारबाही तथा उचित क्षतिपूर्तिको माग गरेका छन्। बुधबार प्रदर्शनका गरेका आफन्तले बिहीबार कर्णाली प्रदेशमा यातायात ठप्प पार्ने संघर्षका कार्यक्रम घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *